Skip to content
Prabhu

४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा

nabil

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफा ४४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ४४ प्रतिशतले नाफा बढेको हो ।

चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिमो भन्दा ४४.४४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बैंकले ७८ करोड ७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १३.०९ प्रतिशतले वृद्धि भएर २ अर्ब १३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो गत वर्ष १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ थियो । यस्तै कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ११ करोड ५३ लाख रुपैयाँबाट बढेर १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि २ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ छ ।

कुल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड र रिजर्भमा १३ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.९० प्रतिशतबा घटेर ०.७७ प्रतिशतमा झरेको छ । बैंकको आधार दर ६.८० प्रतिशत छ भने ईपीएस ३४ रुपैयाँ ८५ पैसा र पीई अनुपात १७.७९ प्रतिशत छ भने नेटवर्थ प्रतिशेयर २१९ रुपैयाँ १ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal