काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आम्दानीसँगै खुद नाफा पनि वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आम्दानीसँगै खुद नाफा पनि बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशत बढेको छ भने कुल नाफा ४७.६९ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८०.४१ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ४५ पैसा बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.८६ गुणा रहेको छ ।
२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्