Skip to content
Prabhu

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

nabil

काठमााडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ८८ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयरमा संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने छन् । बिक्री खुला गरिएको उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । जसका लागि बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने छ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नआएको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal