काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा ज्ञानेन्द्रलाल श्रेष्ठ र महेश प्रसाद काफ्ले नियुक्त भएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ र काफ्लेलाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
कम्पनीको रिक्त रहेको दुई स्वतन्त्र सञ्चालकमा सिन्धुपाल्चोकका श्रेष्ठ र पाल्पाका काफ्लेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्