Skip to content
Prabhu

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १९ करोड बढी

nabil

काठमाडौं । सिटिजन्स बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा १९ करोड बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको नाफा गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.५६ प्रतिशतले बढेको छ । यता, असोज मसान्तसम्म यस बैंकको खराब बढेर ५.४१६ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने खराब कर्जा ३.९७ प्रतिशत रहेको थियो ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ ६२ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal