Skip to content
Prabhu

मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड १८ लाख

nabil

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा २३.१७ प्रतिशतले धेरै हो ।

गत वर्षमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढेर १ अर्ब ११ करोड ७ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ४ करोड थियो । यस बैंकको अन्य आम्दानी ४७ लाखबाट बढेर ३ करोड ३० लाख पुगेको छ । सञ्चालन आम्दानी १ अर्ब ३० करोड कायम भएको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँ रहेको छ । यता, सञ्चालन नाफा १७.७५ प्रतिशतले बढेको छ ।

यसको वितरणयोग्य नाफा ६२ करोड ९० करोड रहेको छ । उक्त रकमबाट यसको लाभांश वितरण क्षमता १६.८७ प्रतिशत छ । चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal