काठमाडौं । बुधबार सेयर बजार पुनः राताम्य भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज दोहोरो अंकले नै घटेर बन्द भएको हो ।
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक २० दशमलव ४१ अंकले घटेर २६४५ दशमलव ३९ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ०.७६ प्रतिशतले कम हो । अघिल्लो दिन बढेको बजार एक दिन पनि नटिकेर ओरालो लागेको हो ।
आज सेयर बजारमा कारोबार भएका १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४५ अंकले घटेर ४७७ दशमलव २६ विन्दुमा पुगेको छ । बुधबार १३ उपसूचकमध्ये २ वटा उपसूचकको मूल्य मात्रै बढेको छ भने बाँकी ११ उपसूचकको सेयर मूल्यमा भने गिरावट आएको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएको बजारमा आज ६ अर्ब भन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा आज ३२४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६५ हजार ९१ पटक खरिद बिक्री हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार राताम्य भएको दिन आज आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्