काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार परिवर्तनको सपना नदेख्न आग्रह गरेका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार स्थिरता कायम गर्ने उद्देश्यले स्थापन भएको भन्दै परिवर्तन सम्भवन नभएको बताएका हुन् । सरकारले जनताको आवश्यकताअनुसार काम गरिरहेका भन्दै परिवर्तनको सपना नदेख्न उनले आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्