Skip to content
Prabhu

भ्रष्टाचार नियन्त्रणमा सरकार कानुनलाई गुरु मानेर काम गर्छः प्रधानमन्त्री

nabil

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार कानुनलाई गुरु मानेर काम गर्ने बताएका छन् । सरकार गठन भएको १०० दिन पुगेका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजीको विषय नभएको बताएका हुन् ।

‘भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषयवस्तु होइन। यसले सुशासनको प्रणालीको रुपमा गति लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभएर कानुनलाई गुरु बनाएको बताए । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने तर परिणाममा बढ्दै जाने अवस्था होइन,’ उनले भने ।

राष्ट्रियता, सुशासन र विकासको काममा सरकारले कुनै सम्झौता नगर्ने ओलीको दाबी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal