Skip to content

युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन

nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावलको निधन भएको छ ।

बुधबार दिनभर कार्यालयमा रहेका रावल बेलुका सोल्टी होटलमा एउटा कार्यक्रममा पुगेका थिए । सोल्टीको कार्यक्रमबाट घर फर्कने क्रममा उनलाई हृदयघात भएको थियो ।

हृदयघात भएपछि उनलाई अस्पताल लगिएको छ । रावलले नेपालको बीमा क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ ।

रावलसँग प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत काम गरेको अनुभव थियो । यसबाहेक नेको, सगरमाथा बीमा कम्पनीमा पनि उनले काम गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime