काठमाडौं । सहकारी अनियमिताको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालतमा पेश गरिने भएको छ ।
लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए ।
अदालतले आइतबार पक्राउ परेको दिनदेखि ६ दिनसम्मको लागि हिरासतमा राख्न अनुमति दिएको थियो ।
लामिछाने पक्राउ पछि रास्वपाका नेता कार्यकर्ताहरुले पोखरामा विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्