काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
संस्थाको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३५.९९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले ४ करोड ७ लाख रुपैयाँ कमाएकोमा चालु आवमा घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको हो । चालु आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै खुद नाफामा दबाब परेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ५ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा ३५.८६ प्रतिशतले घटेर ३ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६ करोड ८१ लाख रुपैयाँबाट घटेर ६ करोड ४० लाख रुपैयाँमा झरेको छ । खराब कर्जा १.०८ प्रतिशत बढेर २.५७ प्रतिशत पुगेको छ भने आधारदर २.७९ प्रतिशतले घटेर ९.२० प्रतिशत कायम भएको छ ।
चालु आवको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको वितरणयोग्य नाफा ११ करोड १८ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी (नोक्सान) ११ रुपैयाँ ५ पैसा, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा, पीई रेसियो ६७.७५ र तरलता अनुपात ०.५२ प्रतिशत छ । कुल चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको चालु आवको प्रथम त्रैमासम्म आइपुग्दा रिटेन्ड अर्निङमा ११ करोड १८ लाख र रिजर्भमा १७ करोड ५७ लाख रुपैयाँ छ भने ग्राहकमा १ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्