काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका विशेष साधारणसभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो ।
सभाले पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते एक दिनको लागि बुकक्लोज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्