काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा २ हजार ५०० सयवटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)मा २ हजार ५०८ वटा विद्युत्तीय सवारी भित्रिएका छन् ।
चालु आवको पहिलो तीन महिनामा भित्रिएका विद्युतीय सवारी साधन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३८७ वटाले बढी हो । गत आवको सोही अवधिमा २ हजार १२१ वटा विद्युत्तीय सवारी आयात भएका थिए ।
पछिल्लो तीन महिनामा नेपालमा ६ अर्ब १२ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यसबाट सरकारले ३ अर्ब ७६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
अघिल्लो वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ५ अर्ब १५ करोड भन्सार मूल्यका विद्युतीय सवारी भित्रिएका थिए । यी सवारीसाधनमार्फत २ अर्ब २१ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको पनि विभागको तथ्यांकले देखाएको छ ।
नेपाल भित्रिएका यस्ता विद्युतीय सवारीमा सबैभन्दा बढी चीनबाट १ हजार ७६१ वटा, भारतबाट ७४७ वटा मात्रै भित्रिएको छ । गत वर्षको पहिलो तीन महिनामा चीनबाट १ हजार ४८ वटा विद्युतीय सवारीसधान भारतबाट १ हजार ७३ वटा यस्ता सवारीसाधान नेपाल भित्रिएको थिए ।
प्रतिक्रिया दिनुहोस्