Skip to content
Prabhu

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले लिए शपथ

nabil

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायतका पदाधिकारीहरूको उपस्थित थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal