Skip to content
Prabhu

४ लाख राशि रहेको एनवाइईएफ स्टार्टअप अवार्डको आवेदन खुल्यो

nabil

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को शुभारम्भको घोषणा गरेको छ। यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो।

स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन, र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो। विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन्।

यस वर्ष, सहभागी स्टार्टअपहरूले निम्नलिखित लाभहरू प्राप्त गर्ने छन्ः
मार्गदर्शनः अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन।नेटवर्किङः नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता, र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका। व्यवसायिक विकास सहयोगः स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग।

नगद पुरस्कारः उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः प्रथम हुनेलाई ४ लाख, द्वितीय हुनेलाई २ लाख र तृतीय हसनेलाई १ लाख नगद पुरस्कार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिनेछ। यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्ने छन्। प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ ७ जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्ने छन्।

आवेदनहरू अहिले खुला छन् र २०२४ नोभेम्बर १५ मा बन्द हुनेछ। योग्यताका मापदण्डहरू पूरा गर्ने स्टार्टअपहरूले- जुन पाँच वर्षभन्दा कम समयदेखि संचालनमा रहेका छन् र नेपाल सरकारमा दर्ता भएका छन्- www.nyefstartupawards.com मा गएर आवेदन दिन सक्नेछन्।

यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal