काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक १८ अंकले घटेर बन्द भयो । कारोबार रकममा पनि गिरावट आएको दिन जम्मा ६७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सेयर बजार घटे पनि केही कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि देखिएका छ ।
आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा नेपाल एसबिआई बैंक, पिपुल्स हाइड्रोपावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, समृद्धि फाइनान्स र आरबीबी म्युचुअल फण्ड १ रहेका छन् । आजको कारोबार बन्द हुँदा सबैभन्दा धेरै मूल्य बढ्ने स्टकमा एसबिआई बैंक रहेको छ । यो बैंकको सेयर मूल्यमा ९.७५ प्रतिशतले वृद्धि भएको छ । आजको कारोबार बन्द हुँदा प्रतित्तिा ४७ रुपैयाँ १० पैसाले बढेर ५३० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज पिपुल्स हाइड्रोपावरको सेयर मूल्य पनि ८.०५ प्रतिशत अर्थात् ३७ रुपैयाँ ९० पैसाले बढेर ५०८ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै सनराइज ब्लुचिप फण्डको सेयर मूल्य पनि ७.६७ प्रतिशत अर्थात् ०.६९ रुपैयाँले बढेर ९ रुपैयाँ ६९ पैसा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य पनि ४३ रुपैयाँ ५० पैसाले बढेर ७४७ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१८ प्रतिशतले बढी हो । आरबीबी म्युचुअल फण्ड १ को सेयर मूल्य पनि ६.०१ प्रतिशत अर्थात् ०.५५ रुपैयाँले बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्