काठमाडौं । बिहीबार सेयर बजार १८ अंकले घटेर बन्द भएको छ । सेयर बजार राताम्य हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा रावा इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्यमा ८८ रुपैयाँ ८० पैसाको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा यो स्टकको सेयर मूल्य ७९९ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा एनआईबीएल समृद्धि फण्ड–२, कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सुपरमाइ हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुँदा एनआईबीएल समृद्धि फण्ड–२ को सेयर मूल्य ५.७३ प्रतिशत अर्थात् ०.५१ रुपैयाँले घटेर ८ रुपैयाँ ३९ पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ४७ रुपैयाँले घटेर ९१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले कम हो ।
बिहीबारको कारोबार बन्द हुँदा गुडविल फाइनान्सको सेयर मूल्य पनि ४.५१ प्रतिशत अर्थात् ४७ रुपैयाँ ९० पैसाले घटेर १ हजार १५ रुपैयाँ पुगेको छ । सुपर माइ हाइड्रोको सेयर मूल्य पनि ४४ रुपैयाँ ८० पैसाले घटेर १ हजार २० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको कारोबारभन्दा ४.२१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्