काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी पंकज चन्द्र श्रेष्ठको नाममा रहेको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर क्यापिटलका संस्थापक सेयरधनीहरूले खरीद गर्न पाउँछन् । इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीले खरीदका लागि आवेदन नदिएमा सर्वसाधारणमा बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्