काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ । संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि सार्वजनिक सुचना निकालेर ऋणीको नाम सार्वजनिक गरेको हो ।
संस्थाले ऋणीहरूलाई ३५ दिनको समयसीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचना जारी गरेको छ । समयमा भुक्तान नगरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने र धितोमा रहेका चल÷अचल सम्पत्तिहरू लिलाम विक्री गरी रकम असुली गरिने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्