काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैंकले कर प्रयोजन सहित १५ प्रतिशतल लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । घोषणा गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्