काठमाडौं । काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावरले वर्षदिनको अवधिमा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१८ मा स्थापित वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो टावर गत वर्षदेखि सञ्चालनमा आएको हो ।
एक वर्षको सफल यात्रामा यस टावरले ७८.०२ प्रतिशतको उच्च मुनाफा मार्जिन कायम गर्न सफल भएको छ । यो स्काईवाक टावरको उचाइ २५६ फिट रहेको छ । साहसी र रोमाञ्चक अनुभवको खोजीमा रहेका पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको यस टावरले पारदर्शी गिलास फ्लोरिङ्गको आकर्षणले विशेष अनुभव प्रदान गरिरहेको छ ।
वार्षिक ७ लाख २० हजारभन्दा बढी आगन्तुकहरूले यस टावरमा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्