Skip to content
Prabhu

सिमेन्ट निर्यातमा ४२.२७ प्रतिशतको गिरावट

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सिमेन्ट निर्यातमा भारी गिरावट आएको छ । भन्सार विभाको तथ्यांक अनुसार चालु आवको तीन महिनामा सिमेन्ट निर्यातमा ४२.२७ प्रतिशतको गिरावट आएको हो ।

चालु आर्थिक वार्षको तीन महिनामा नेपालबाट १८ हजार ३ सय ८ मेट्रिक टन क्लिंकर र २ लाख २३ हजार १ सय ८८ मेट्रिक टन सिमेन्ट गरेर कुल ४९ करोड २४ लाख रुपैयाँको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट १ लाख ५५ हजार २ सय ४८ मेट्रिक टन क्लिकर र ६ लाख ९ हजार ४ सय ४८ मेट्रिक टन सिमेन्ट गरी ८५ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

भारतमा सिमेन्टको माग उच्च रहेको छ । तर नेपालबाट निर्यात घटिरहेको छ । नेपालबाट भारततर्फ निर्यातको मात्रा बढ्न थालेपछि त्यहाँका सरकारी निकायले गुणस्तर, प्रमाणपत्र र अन्य प्राविधिक आधारमा अवरोध खडा गर्दै निर्यातलाई रोक्न प्रयास गरेकाले निर्यातमा गिरावट आएको बताइएको छ । हाल नेपालमा उत्पादित घोराही, बालाजी, तानसेन, अर्घाखाँची र सिजी सिमेन्ट– भारततर्फ निर्यात हुँदै आएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal