काठमाडौं । जीबी टेक्टाइल र जीबी टेक्साइलमा विद्युत जोडिएको छ । विद्युत महसुुल नतिरेको भन्दै कटौती गरिएको लाइन पहिलो किस्ताको रकम भुक्तानी गरे पछि पुनः जोडिएको हो ।
बुटवल वितरण केन्द्रअन्तर्गत रहेका यी कम्पनीले पहिलो किस्ताको रकम बुझाएका हुन् । जीबी टेक्टाइले ३५ लाख ३७ हजार र जीबी टेक्साइलले १४ लाख १२ हजार रुपैयाँ बक्यौता रकम तिरेका हुन् । पहिलो किस्ता बापतको रकम बुझाए पछि विद्युत लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्