Skip to content
Prabhu

बाढीपहिरोबाट भएको क्षतिको बीमा कम्पनीमा साढे ९ अर्बको दाबी, ३० करोड भुक्तानी हुँदा शिखरको मात्रै २१ करोड

nabil

काठमाडौं । असोजको दोस्रो साता परेको अवरिल बर्षाका कारण भएको जनधनको क्षतिको बीमा कम्पनीमा साढे ९ अर्बभन्दा बढीको दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरुमा बाढी पहिरोबाट भएको क्षतिको ९ अर्ब ५४ करोड ६१ लााख ८२ हजार ६३५ रुपैयाँको दाबी परेको हो ।

१४ निर्जीव बीमा कम्पनी ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा गरेर उक्त रकम बराबरको दाबी परेको हो । साढे ९ अर्बभन्दा बढीको दाबी परे पनि हालसम्म बीमा कम्पनीहरुले ३० करोडभन्दा बढीको मात्रै भुक्तानी गरेका छन् । कात्तिक ६ गतेसम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरुले ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । बीमा कम्पनीहरुकमा ३ हजार ३०६ वटा दाबी परेकोमा २६१ वटा दाबीको भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कात्तिकको ६ गतेसम्म १४ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटा कम्पनीले २६१ वटा दाबीको भुक्तानी गरेका छन् । ३० करोडभन्दा बढीको दाबी भुक्तानी हुँदा शिखर इन्स्योरेन्सले मात्रै २१ करोडभन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीले २१ करोड ५० लाख ४२ हजार ४४० रुपैयाँको दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेनस ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ बढीको दाबी पेस भएको छ । दाबी भुक्तानी गर्नेमा शिखर अग्रस्थामा रहेको छ । भुक्तानीमा सहज र सरल तरिकाका साथ काम गरिरहेको कम्पनीले जनाएको छ ।

धेरै दाबी भुक्तानी गर्नेको दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले हालसम्म ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै हिमालयन एभरेष्टले पनि यो अवधिमा १ करोड ५५ लाख ३३ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै नेसनल इन्स्योरेन्सले हालसम्म २२ लाख ५३ हजार, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ३२ लाख ४ हजार, सानिमा जिआईसी इन्स्योरेन्सले १ करोड ३२ लाख १६ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले ४२ हजार र प्रभु इन्स्योरेन्सले ११ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ करोड १९ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ ।

हालसम्म नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबाट भने कुनै पनि भुक्तानी भएको छ । नेकोमा ४६ करोड ५० लाख रुपैयाँको दाबी पेस हुँदा नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख दाबी परेको छ ।

त्यस्तै स्टार मइक्रोमा ३५ लाख, ट्रस्टमा १५ लाख, नेपाल माइक्रोमा ८ लाख र प्रोटेक्टिभमा २ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणको तथ्यांक अनुसार सम्पति बीमामा ७ अर्ब ३१ करोड रुपैयाँ दाबी परेको थियो । इन्जिनियरिङग बीमामा २७५ दाबीबापत १ अर्ब ७४ करोड रुपैयाँ दाबी परेको थियो । मोटर बीमा (निजी) मा ८३५ वटा दाबीबापत २६ करोड ७७ लाख रुपैयाँ दाबी परेको छ । मोटर बीमा (सार्वजनिक) मा ३३८ वटा दाबी बापत १६ करोड १२ लाख रुपैयाँ दाबी परेको थियो ।

त्यस्तै सामुन्द्रिक बीमा बापत २५ वटा दाबी बराबर २ करोड २८ लाख रुपैयाँ दाबी परेको थियो भने कृषि बालि बीमामा ५४ वटा दाबीबापत १ करोड १९ लाख रुपैयाँको दाबी परेको छ । पशुपन्छी र विविधमा भने क्रमशः १ करोड १२ लाख रुपैयाँ र ५५ लाख रुपैया दाबी परेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal