Skip to content

स्काइवर्थको चाडपर्व योजनाअन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

nabil bank

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले हालै सुरू गरेको ‘स्काईवर्थ सपना साकार’ योजनाअन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ ।

काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काइवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रालिका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिएका थिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।

स्काइवर्थले यस्ता योजनाहरु लगातार गरिरहनेछ । यस्ता योजनाहरुले ग्राहकहरुसँग नजिक रहन महत्वपूर्ण भूमिका हुन्छ । यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime