Skip to content

ज्योति परिवारको विवाद झनै बढ्दो, रुप ज्योतिले डेढ करोड नतिरेको पद्मको आरोप

nabil bank

काठमाडौं । नेपालको पुरानो व्यावसायिक घराना ज्योति परिवारको विवाद समाधान हुनेभन्दा पनि झनै बढ्दो क्रममा देखिएको छ ।  मणिहर्ष ज्योतिका दुई छोराहरु पद्म ज्योति र डा. रुप ज्योतिबीचको विवाद पछिल्लो ५ वर्षदेखि प्रहरी अदालत, स्थानीय तहदेखि सञ्चारमाध्यमसँग पुगेको छ ।

पद्म र रुपबीचको विवाद सम्पत्तिका लागि भएको हो । पद्यम ज्योतिको परिवारले भाइ रुप ज्योतिको परिवारले मानमर्दन गरेको आरोप लगाएको छ । भाइ रुप ज्योतिको परिवारले भने पद्म ज्योतिका छोराहरुले आफ्नो भागको सम्पत्ति सेयर जफत गरेको संयुक्त रूपमा भएका हिसाबहरु गोलमाल पारेको आरोप लगाएका छन् ।

पछिल्लो समयको विवाद भने ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी हस्पिटलका लागि भएको छ । ज्योति भवन रुपमा बाहिर चिनिए पनि यसको स्वामित्व कित्ताकाटअनुसार दुई भाइको नाममा छ । अस्पतालको केही भाग पद्मको स्वामित्वमा पर्छ । यही स्वामित्वमा रहेको भवनको डेढ करोडजति भाडा रुप ज्योतिले नतिरेको आरोप पद्म ज्योतिको छ ।

पद्म ज्योति समूहले आइतबार निकालेको विभिन्न सञ्चारमाध्यमको विज्ञापनमा ग्रान्डी सिटी खाली गर्न अदालतले आदेश दिए पनि बिरामीलाई देखाउने र युट्युब च्यानलहरु बोलाएर आफ्नो मानमर्दन गरिएको उल्लेख गरेका छन् ।

‘हामीले अस्पताल बन्द गराउन खोजेका होइनौं, सम्पूर्ण अस्पतालको जम्मा १० देखि १५ प्रतिशत भाग मात्रै पद्य ज्योतिको घर तथा फ्ल्याटमा रहेको छ, बाँकी ८५ देखि ९० प्रतिशत अस्पताल रुपज्योतिकै घरमा रहेको छ,’ पद्मज्योति समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ , ‘अदालतबाट घर/फ्ल्याट खाली गराउनु भनी अन्तिम फैसला भई फैसला कार्यान्वयन गराउन खोज्दा विभिन्न अनलाइन मिडिया तथा युट्युब च्यानलहरुले बिरामीहरु प्रति असंवेदनशील भएको भन्ने जस्ता झुठा आरोप लगाउँदा हामीलाई दुःख लागेको छ ।’

अस्पताल खाली गर्नुपर्छ भन्ने थाह भए पनि बिरामी भर्ना गर्न नरोक्ने र गैरकानुनी ढंगबाट आफ्नो सम्पत्ति कब्जा गरिएको आरोप पद्म ज्योतिको छ । कुनै बेला निकै ठूलो व्यावसायिक घराना भनेर चिनिएको ज्योति समूह दाजुभाइको झगडाले व्यवसायमा क्षयीकरण हुँदै गएको छ ।

भाइ रुप ज्योतिको भागमा परेको हिरो मोटरसाइकलको डिलरसिप खोसिएको छ । होण्डाको डिलरसिप भने पद्म ज्योतिको परिवारसँग छ । पद्म ज्योतिको परिवारले पनि होण्डा मोटरसाइकलबाहेक अन्य व्यवसाय खासै बिस्तार गर्न सकेको छैन । पद्म ज्योतिका छोरा सौरभ ज्योति पछिल्लो व्यवसायमा भने मिडियामा कार्यक्रम चलाउने र युट्युबमा आफूसँग भएका गाडीको प्रचारमा बढी केन्द्रित छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime