Skip to content
Prabhu

रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन आइतबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दिउसो पौने २ बजेको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ २० पैसाले बढेर सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ५७४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले बढी हो ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूच कभने ४ दशमलव ८६ अंकले घटेर २६२२ दशमलव २८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब७६ करोड बढीको कारोबार भएको छ । आजको कारोबार खुल्ने वित्तिकै लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा पनि सकारत्मक सर्किट लागेको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal