Skip to content
Prabhu

सेयर बजार घट्दा दुई वाणिज्य बैंकसहित धेरै घट्ने यी हुन शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । आइतबार सेयर बजारमा ९ अंकको गिरावट आयो । कारोबार भएका कम्पनीमध्ये १४१ वटा कम्पनीको सेयर मूल्य घटेको दिन दुई वाणिज्य बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको हो ।

आज नेपाल एसबिआई बैंक र प्राइम कर्मर्सियल बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज एसबिआई बैंकको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३६ रुपैयाँले घटेर ४९४ रुपैयाँ पुगेको छ । त्यस्तै प्राइम बैंकको सेयर मूल्य पनि ४.१७ प्रतिशत अर्थात् १२ रुपैयाँ १० पैसाले घटेर २७७ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीको शीषै पाँच भित्र रावा इनर्जि डेभलपमेन्ट, आइसी एफसी फाइनान्स र ज्योति विकास बैंक बण्ड २०८७ रहेका छन् । आजको कारोबार बन्द हुँदा रावा इनर्जिको सेयर मूल्यमा ३२ रुपैयाँ २० पैसाले घटेर ७६७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.०३ प्रतिशत कम हो ।

आईसीएफसी फाइनान्सको सेयर मूल्यमा पनि ३.८३ प्रतिशत अर्थात् ३१ रुपैयाँ ९० पैसाले घटेर ८०१ रुपैयाँ १० पैसा पुगेको छ । आज ज्योति विकास बैंक बण्डको सेयर मूल्य ३९ रुपैयाँ ३० पैसाले घटेर १ हजार ३२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ३.६७ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal