Skip to content
Prabhu

पहिलो त्रैमासिकसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४१ अर्ब, कुन कम्पनीले कति बीमा शुल्क संकलन गर्यो ?

nabil

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४१ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४१ अर्ब ८ करोड १ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा उक्त रकम बराबरको व्यवसाय गरेका हुन् । असोज मसान्तसम्मा सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । कम्पनीले तीन महिनाको अवधिसम्ममा ११ अर्ब ९१ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न भएको छ ।

त्यस्तै असोज महिनासम्ममा धेरै व्यवसाय गर्ने दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९० करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । त्यस्तै तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन लाइफले यस अवधिसम्ममा ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ४ अर्ब ४७ करोड, मेट लाइफले १ अर्ब ४४ करोड, एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ र आइएमी लाइफले १ अर्ब २१ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

त्यस्तै यो अवधिमा सन नेपाल लाइफले ९३ करोड, रिलायबल नेपाल लाइफको १ अर्ब २० करोड, सिटिजन्स लाइफको १ अर्ब ७४ करोड, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड, सानिमा रिलायबल लाइफले १ अर्ब ५७ करोड र प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ कराड रुपैयाँको व्यवसाय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal