काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार कात्तिक २६ गतेसम्म् कायम सेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्