Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्दै सकियो सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा १८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशत दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ । सभाका अध्यक्षले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए ।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal