Skip to content
Prabhu

एनआईसी एसिया क्यापिटलले ओएफएस प्लेटफर्म सञ्चालनमा

nabil

काठमाडौं । एनआईसी एसिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएको छ। एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरुको संस्थापक सेयरधनीहरुको सेयर प्रचलित कानूनबमोजिम खरिद बिक्री गराइदिनेसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको क्यापिटलले आएफएस प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

उक्त सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकैनै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । त्यसैगरी सूचीकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको सेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक सेयर खरिद बिक्रीको लागि वन स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले ओएफएस प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत क्यापिटलले संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईनमार्फत साझा प्लेटफर्म बाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेबसाइटमार्फत उपलब्ध गराउनुपर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुनअनुसार सेयर नामसारीसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

ओएफसी को विशेषता

सहज बिक्री प्रक्रियाः

संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सम्बन्धित सेयरधनीहरुले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रितपूर्वक भरेपश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।

सहज खरिद प्रक्रियाः

कुनै पनि कम्पनीको संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको सेयर खोजि दिने कार्य गर्ने छ ।

खसुरक्षित र गोपनियता कायम रहने ।

सम्बन्धित सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।

खसहज र सर्वसुलभः

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ ।

खरिद बिक्री मूल्य निर्धारण गर्नक लागि उपलब्ध गराइने-

सम्बन्धित कम्पनीको ख्बगिबतष्यल गरेर संस्थापक समूहको शेयरको खरिद/बिक्री गर्नको लागि उचित प्रतिशेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।

माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै OFS Platform -https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको सेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रितपुर्वक भरी आवेदन पेश गर्न सकिने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal