काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँ ७० पैसाले बढेर ६१२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि २१ दशमलव ४८ अंकले बढेर २६३९ दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ७४ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्