काठमाडौं । जानकी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको दिउसो २ बजेर २३ मिनेटको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो फाइनान्सको सेयर मूल्यमा ७० रुपैया ५० पैसाको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य यो समाचार तयार पार्दासम्म ७७५ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
यो अवस्थामा समग्रमा सेयर बजार परिसूचक १९ दशमलव ५४ अंकले बढेर २६३७ दशमलव ४९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ९३ करोड बढीको कारोबार भएको छ भने ७६ लाख २९ हजार ८६२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
आजको कारोबार जारी रहदा दोल्ती पावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्