काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा कुल १८ करोड ५६ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा लघु निर्जीवन बीमा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले यस अवधिमा ५ करोड ५० लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्ते चालु आर्थिक वर्षको असोज महिना सम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँको व्यवसाय गरेको छन् । असोज माहिनामा मात्र नेपाल माइक्रोले २ करोड ३८ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले १ करोड ८० लाख रुपैयाँ, स्टार माइक्रोले १ करोड ८० लाख रुपैयाँ र ट्रस्ट माइक्रो १ करोड ६८ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्