काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब भन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कायम रहेका १४ निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँको ब्यवसाय गरेका हुन्।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी पहिलो नम्बरमा रहेको छ । चालु आवको पहिलो त्रैमासिकसम्ममा कम्पनीले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको ब्यवसाय गरेको छ । त्यस्तै धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब १२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा हिमालयन एभरेष्टले ९१ करोड ८७ लाख, आइजिआई प्रुडेन्सियलले ९० करोड ९ लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख र दि ओरिएन्टलले ८३ करोड ७३ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै एनएलजीले इन्स्योरेन्सले ७५ करोड २२ लाख, युनाइटेड अजोडले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख, सानिमा जिआईसीले ५८ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्