काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङबाट सरकारको नेतृत्व गरेको नेकपा एमालेले दानमा जग्गा लिन तत्कालको लागि नपाउने भएको छ ।
सर्वोच्च अदालतका न्यायधीश सुनिल पोखरेलले तत्कालको लागि जग्गा लेनदेनको प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएका हुन् ।
एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए ।
दशैं अगाडि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित जग्गा दाता गुरुङले एमाले मुख्यालयको शिलन्यास गरेका थिए । गुरुङले अगामी वर्ष घटस्थापनामा भवन हस्तान्तरण गर्ने जानकारी दिएका थिए ।
नक्कली भ्याटबिल प्रयोग गरेको भनेर सर्वोच्चबाट प्रमाणित भएको तथा बालुवाटारको जग्गा घोटाला प्रकरणमा मुख्य आरोपीको रुपमा उनी विशेष अदालतबाट समेत दोषी ठहर भएका व्यवसायी हुन् ।
प्रतिक्रिया दिनुहोस्