काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाड्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कुनै पनि लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवको वित्तीय विवरणहरू छलफलगरी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । कम्पनी सचिव देवकर कार्कीका अनुसार बैठकले सोही निर्णय बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने र पारितका लागि आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्