Skip to content
Prabhu

खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफामा उल्लेख्य सुधार

nabil

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३०.६० ले नाफा बढेको हो ।

कम्पनीले चाुल आवको पहिलो त्रैमासिकसम्ममा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस लघुवित्तले ६ करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २५ करोड ६८ लाख रुपैयाँबाट बढेर ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । चालु आवको तीन महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी ३५ करोड २६ लाख रुपैयाँ र सञ्चालन नाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च २२ करोड २२ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ५८ पैसाबाट बढेर ८ रुपैयाँ ९५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ८८ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.७६ गुणा छ । कम्पनीको खराब कर्जा ११.५ प्रतिशतबाट घटेर ४.७८ प्रतिशतमा कायम भएको छ खराब कर्जा घट्दा लघुवित्तको नाफामा टेवा पुगेको हो ।

चालु आवको पहिलो त्रैमासिकमा कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal