काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो । तर तोकिएको म्यादसम्म संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेपछि संस्थापक बाहेकका व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी सेयर पुनः बिक्री खुला गरिएको हो ।
सेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्