काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सिए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् । लघुवित्तको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले सिलवाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र सञ्चालकमा नियुक्त भएका सिलवाल आगामी ४ वर्षका लागि कम्पनीको सञ्चालक सदस्य पदमा रहेर काम गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्