काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनित भएकी छिन् । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको हो ।
काठमाडौंको भाटभटेनीकी खरेललाई सर्वसाधारण सेयरधनी तर्फबाट प्रतिनिधित्व हुने गरी सञ्चालकमा मनोनित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णु प्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्