काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा भोलि हुँदैछ । सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै ऋण सम्झौतामा कर्पाेरेट ग्यारेन्टी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि समावेश गरिएका छन् । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा कात्तिक ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्