काठमाडौं । कुथेली बुखरी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबार जारी रहँदा दिउसो १ बजेर ३८ मिनेटको कारोबार यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा कम्पनीको सेयर मूल्यमा २३५ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५९० रुपैयाँ ५० पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । आजको कारोबार जारी रहँदा यो समाचार तयार पार्दा समग्र बजार परिसूचक पनि ३९ दशमलव ९० अंकले बढेर २६८५ दशमलव २७ विन्दुमा पुगेको छ ।
यो समाचार तयारपार्दासम्म सेयर बजारमा ३ अर्ब २३ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्