काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिउसो २ बजेर १२ मिनेटको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ ५० पैसाले बढेर ७०९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा वा १० प्रतिशतको गिरावट भएमा कम्पनीको सेयर कारोबार रोकिन्छ ।
यो अवस्थामा समग्र नेप्से परिसूचक पनि ३५ दशमलव ४१ अंकले बढेर २६८० दशमलव ७७ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३३ प्रतिशतले बढी हो । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ३ अर्ब ९९ करोड बढीका ८५ लाख ९५ हजार ८१३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस्