Skip to content
Prabhu

आज नेप्से ४६.६९ अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्ब बढी

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन पनि बढेको बजार लगातार दोस्रो दिन पनि उच्च अंकले बढेर बन्द भएको हो ।

मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनकोभन्दा १.७६ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ अंकले बढेर ४८१ दशमलव २८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ३४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्बभन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal