काठमाडौं । आजको सेयर बजार कारोबार बन्द हुँदा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी इन्स्योरेन्स, कुथेली बुखारी साना जलविद्युत् लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर ६२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
त्यस्तै आज सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ६४ रुपैयाँ ५० पैसाले बढेर ७०९ रुपैयाँ ५० पैसा पुगेको छ । आज १० प्रतिशतल मूल्य बढ्ने अर्को कम्पनी हो कुथेली बुखारी साना जलविद्युत । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५९० रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूलय पनि ९० रुपैयाँ ७० पैसाले बढेर ९९९ रुपैयाँ ५० पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो ।
आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीमा परेको कम्पनी हो समाज लघुवित्त वित्तीय संस्था लिमिटेड । यो कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता ३०५ रुपैयाँले बढेर ३ हजार ६२९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.१८ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्