काठमाडौं । साताको तेस्रो दिनको कारोबार बन्द हुँदा सेयर बजार ४६ अंकले बढेर बन्द भयो । कारोबार रकममा पनि सुधार आएको दिन १७ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार बन्द भयो ।
अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा निफ्रा उर्जा रिनपत्र २०८५÷८६, सन्टल फाइनान्स, नविल डिबेन्चर २०८७, सांग्रीला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ र आरबीबी म्युचुअल फण्ड–१ छन् । आज सबैभन्दा धेरै निफ्रा उर्जा रिनपत्रको सेयर मूल्य १.९५ प्रतिशत अर्थात् १९ रुपैयाँ ५० पैसाले घटेर ९८० रुपैयाँ पुगेको छ ।
त्यस्तै सेन्टल फाइनान्सको सेयर मूल्य पनि १३ रुपैयाँले घटेर ६७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८८ प्रतिशतले कम हो । त्यस्तै आज नविल डिबेन्चर २०८७ को सेयर मूल्य पनि १.८७ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य २० रुपैयाँले घटेर १ हजार ५० रुपैयाँ पुगेको छ ।
आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चरको सेयर मूल्य पनि १९ रुपैयाँ ४० पैसाले घटेर १ हजार २५ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८६ प्रतिशतले कम हो । आरबीबी म्युचुअल फण्ड–१ को सेयर मूल्य पनि आज ०.१७ रुपैयाँले घटेर ९ रुपैयाँ ३६ पैसा पुगको छ । यो अघिल्लो दिनको भन्दा १.७८ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्