Skip to content
Prabhu

एनआइएमबि एस क्यापिटलको धनतेरस अफर, भाग्यशाली तीन जनाले १ हजार इकाइ उपहार स्वरुप पाउने

nabil

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले यस वर्षको धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । क्यापिटलको नयाँ अफर योजनामा सहभागी तीन जनालाई १ हजार इकाई उपहार स्वरुप प्रदान गर्ने भएको हो ।

यस योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबि बाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कार्तिक १३ गते राति ११ः५९ बजे सम्म रजिस्ट्रेशन गरेकोहरु मात्र लक्की ड्र मा सहभागि हुन पाउने छन् । यस योजनाका विजेताहरुको घोषणा भने कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाईभ गरिनेछ ।

एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal